Poem

नशालु प्रिय

प्रिय

तिमी मेरो भएको भएपो

चुरोट क्यान्सरको पाइप हो भन्थ्यौ

रक्सिले जीवन सखाप पार्छ भन्थ्यौ

तिमी मेरो भइनाै र पो

म चुरोटसँग हाँसी रहेछु रक्सिसँग बाँचिरहेछु

थाहा छ

आजकाल त भट्टिनै मेरो साथी भएको छ

प्रिय तिमी मेरो भएको भए पो भट्टिले मट्टिमा पुर्याउछ भन्थ्यौ

तिमी मेरो भइनाै र पो  म भट्टी धाइरहेछु

यो नशा जिन्दगीको म खाइरहेछु

थाहा छ

आजकल त चुरोट साथी बनेको छ

रक्सी जिउने आधार

प्रिय तिमी  मेरो भएको भए पो

चुरोट काल सम्झ्ने थिए

रक्सी माकुराको जाल

तिमी मेरो भइनाै र पो

यही काल ढुकढुकी बनेको छ

थाहा छ

आजकल त

पिउन नपाए जिउन पनि सक्दिन जस्तो लाग्छ

प्रिय

तिमी मेरो भएको भए पो

म रक्सी पिउनी थिए

रक्सिले मलाई पिउने थिएन

तिमी मेरो भइनाै र पो

यो चुरोट को मुस्लोमा फिक्का हाँसो म हाँसी रहेछु

म जीवनलाई धुवाँमा उडारहेछु

बिलिन हुन चहान्छु यो हावामा

मेटाइ स्मृतिका यादहरु

Leave a comment